भिमसेन थापाले बि.सं. १८८१ मंसिरमा आफ्नो बागदरवारको नजिकै धरहरा बनाइ त्यस धरहरामा गजुर चढाएका थिए। पछि १८८३ बैशाख ९ मा रानी ललित त्रीपुरासुन्दरीको नाममा पनि अर्को धरहरा सुन्धारा नजिकै तैयार गराएर त्यस धरहरामा पनि गजुर चढाइएको थियो । तर यि दुबै धरहरा बि।स १८९० को भूकम्पमा भत्किए।
पहिलो धरहरा जुन भिमसेन थापाले आफ्नै नाममा बागदरवार नजिकै बनाएका थिए त्यो धरहरा भिमसेन थापाले पूनर्निर्माण नै गराएनन्। तर रानी ललित त्रीपुरासुन्दरीको नामको धरहरा जुन बिच भागबाट दुइ टुक्रा भएको थियो यसलाई भने भीमसेन थापाले नै जिर्णोद्वार गराए दिएका थिए। रानीको नामको धरहरा पुनर्निर्माण भिमसेन थापा आफैले गराइदिए पनि सो धरहरालाई रानी स्वयंले भिमसेन स्तम्भको रुपमा स्विकार्न लगाएका थिए जसले गर्दा सर्वसाधारणले पनि नयाँ धरहरालाई भीमसेन स्तम्भको नामबाट चिन्न थाले।
१८९० को भूकम्प पछि पूनर्निर्माण गराएर ११ तलाको बनाइएको धरहरा पनि बि।सं। १९९० को भूकम्पमा फेरी ध्वस्त भयो। त्यतिबेलाका श्री ३ महाराजा जुदधशम्शेरले पूननिर्माण गराएर ९ तलाको धरहरामा बरण्डा पनि बनाइदिएका थिए। यसरी दुइ तला कम भए पनि धरहरा अझ आकर्षक बनाइएको थियो।
२०७२ सालको भूकम्पले फेरी सो राणाकालमा पूननिर्माण गराइएको धरहरा पनि ध्वस्त भयो। निकै लामो समय पछि धरहरा पूनर्निर्माण त गरिदैछ तर अरबौ रुपैया खर्चेर धरहरा होइन झिल्के टावरको रुपमा ब्यापारिक संरचना बनाइदैछ।
साथमा राखिएको तस्बिर भने बि.सं. १९७७ सालमा दिर्घमान चित्रकारले खिचेका थिए। यसमा भूकम्पले ध्वस्त हुनु अगाडीको ११ तलाको धरहरा देख्न सकिन्छ।