पाल्पा। पाल्पा दरबार सङ्ग्रहालय सञ्चालन विकास समिति मार्फत सञ्चालन गरिने भएको छ। लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय सङ्ग्रहालय सञ्चालनका निम्ति विकास समिति गठन गर्ने तयारी गरेको हो।
पाल्पाको ऐतिहासिक सम्पदाका रूपमा पाल्पा दरबार सङ्ग्रहालयलाई लिइन्छ । यसअघि पाल्पा दरबार कर्मचारीको नेतृत्वमा रहे पनि अब विकास समितिमार्फत सञ्चालन गर्न लागिएको हो । कानुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनका लागि विकास समिति गठन आदेश, २०७८ स्वीकृति गर्ने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
पाल्पा दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त पाल्पा दरबार निर्माण पूरा भएपछि २०७२ मङ्सिर ३ गते पाल्पा दरबार सङ्ग्रहालयका रूपमा स्थापना गर्न सरकारले निर्णय गरेको थियो ।
सङ्ग्रहालयमा परिणत भएपछि लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यका रूपमा विकास भएपछि जिल्लावासी उत्साहित छन् । विसं २०७३ फागुन १५ गते दरबार सङ्ग्रहालयको उद्घाटन गरिएको थियो ।