काठमाडौं। २०२१ सालमा मुश्किलले १५००० जनसंख्या रहेको पोखरा २०७६ सालमा आइपुग्दा ४२१,००० पुगेको छ। पहिला हरिया देखिने पोखराका फाँटहरु अहिले कङ्क्रिटको जङ्गल बनेको छ। त्यो बेलाका सार्वजनिक चौरहरु अहिले या त सरकारी या ब्यक्तिगत बन्न पुगेको छ। खै कहिले सम्म थाम्ने हो यहाँको धर्तिले यो भार?
दिइएको दुइ तस्विरमा हेरौ अन्तर। न त यहाँ कुनै शहरिकरणका कुनै योजना देखिन्छ न त कुनै ब्यबस्थित शहर नै देखिन्छ। न त यहाँको महानगरपालिका पचास वर्ष पछि सम्मको लागी कुनै योजना नै ल्याउन सक्षम छ।