काठमाण्डौं। धुर्कोट गाउँपालिकामा पुल निर्माण हुने भएको छ। गाउँपालिकाको –१ नयाँ गाउँ र वडा नं ४ जैसिथोक जोड्न ठुल्दीमा पक्की पुल निर्माण हुने भएको हो।
उक्त पुलको आइतबार गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले शिलान्यास गरेका हुन्। सो पुल कूल तीन करोड ४१ लाख १४ हजार लागतमा निर्माण हुन लागेको हो। पुल आगामी पुस १७ गतेभित्र सक्नु सम्झौता भएको छ। पुलको अञ्जना श्रेष्ठ जेभीले निर्माण जिम्मा पाएको छ। निर्माणको जिम्मा पाएको कम्पनीले तोकिएको समयअवधी भित्रमानै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
उक्त पुलको निर्माण पछि यहाँका स्थनीयलाई आवतजावतमा सहज हुने विश्वास गरिएको छ। पुल निर्माण हुने भएसँगै स्थानीय पनी हर्षित भएका छन्।