गोरखाको फिनाम पीपलथोक पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ जुन नेपालका पहिले प्रधानमन्त्री भिमसेनथापाको जन्मथलो पनि हो । उक्त नगरपालिकाको सहयोगमा भीमसेन उधान निर्माण पश्चात आन्तरिक पर्यटक र स्थानीय पर्यटकको गन्तब्य स्थल लबनेको हो ।
उक्त नगरपालिकाका प्रमुख राजनराज पन्तका अनुसार विसं १८३२ मा जन्मभएको थियो । पीपलथोकमा थापाको सालिक राखेर स्वदेशी र विदेशी पर्यटकको गन्तव्य स्थल बनाउने तयारी भएको बताएका छन् । उनका अनुसार निर्माण गरेको भिमसेन उधानमा यही बर्षमा शालिक राख्ने गरी काम अघि बढाइनेछ । पार्कलाई व्यवस्थित बनाइ आन्तरिक सँगै बाह्य पर्यटकको रोजाइमा यस पार्कको निर्माण हुने छ । उक्त पार्क जोड्ने सडकको लागी ५० लाख छुट्याइएको छ । उधान नजिकै थापाकै पालामा बनेको जर्नेल धारा पनि रहेको छ । छुट्टीको दिन र शनिबारको दिन यस पार्कमा आउने पर्यटकको भिड लाग्ने गरेकोछ ।
यस ठाँउबाट विभिन्न हिमशृंखलाको अवलोकन गर्न सकिन्छ साथै जिल्लाको पर्यटकिय केन्द्र अजिरकोट , सिरानाचोक , लिगलिग कोटको पनि दृश्यावलोकन गर्न सकिन्छ । उक्त पार्कको निर्माणमा स्थानिय बासिन्दा मकर गुरुङले दुई रोपनि जग्गा दिएका हुन् । वातावरणमैत्री स्थानीय शासन कार्यक्रमबाट रु पाँच लाख र जिल्ला वन कार्यालयले रु तीन लाख बजेट लगानी गरी उद्यान निर्माण गरेका हुन् । उधानमा आराम गर्न मिल्ने प्रतिक्षालयहरुको पनि व्यबस्था रहेको छ ।
ग्राभेल सडक भएकोले बर्खायाममा पर्यटक पुग्न गारो भएतापनि यस बर्ष सडक सुधार गरी सहज बनाउने तयारी भएको नगरपालिका प्रमुख पन्तले बताए ।
उक्त उधान समितिका अध्यक्ष मकर गुरुङका अनुसार आन्तरीक पर्यटकको संख्या बढेको छ गोर्खा घर भएपनि यस ठाँउमा नपुगेका मानिसहरु पनि आउन थाल्नु भएकोछ । अहिले बाह्य पर्यटकलाई आकर्षण गर्न नसकेपनि निर्माणको काम सम्पन्न गरेर आन्तरिक र बाह्य दुबै पर्यटकलाई भित्राउने र उधान नजिकै होमस्टे पनि रहेको छ ।
उक्त नगरपालिकाका प्रमुख पन्तका अनुसार पर्यटक विकासको लागी योजना बनाइरहेको र चिन्डुने आएकाहरुलाई यस उधान सम्म ल्याउन सकेमा यस क्षेत्रको विकासमा थप सहज हुने थियो । यसै ठाँउमा रहेको गोर्खा दरबार आउने पर्यटकलाई पनि यहाँ सम्म ल्याउने तयारी भएको छ जसले गर्दा यस क्षेत्रको आर्थिक उन्नति पनि हुने छ ।