काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका विषयमा तयार गरिएको कार्ययोजना प्रधानमन्त्री कार्यालयमा बुझाएको छ । मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणबारे खानेपानी मन्त्रालयले गठन गरेको कार्यदलले तयार गरेको कार्ययोजना मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा बुझाएको हो ।
कार्यदलले पुनर्निर्माणमा अढाइ अर्ब लाग्ने अनुमानसहितको विशेष कार्ययोजना मन्त्रालयमा बुझाएपछि मन्त्रालयले लामो छलफल गरि उक्त कार्ययोजना प्रधानमन्त्री कार्यालयसम्म पुर्याएको हो ।
प्रधानमन्त्री कार्यालयमा पुगेको कार्ययोजनामाथि दशैं अघि मन्त्रिपरिषदबाट निर्णय हुन सक्ने अनुमान गरिएको बताइएको छ ।
यस कार्ययोजनामा मेलम्ची खानेपानी आयोजनामा रहेका दुइटा अस्थायी सुरुङ मर्मत गर्नुपर्ने, हेडवर्क्स मर्मत, मोटरेबल पुल मर्मत लगायत समावेश छन् ।