भक्तपुर। भूकम्पले भत्काएको भक्तपुरको राममन्दिर पुनःनिर्माण गर्न शुरु गरिएको छ। मध्यपुरथिमि नगरपालिका–१ र ३ को सिमानामा पर्ने बुढाथोकी गाउँस्थित राममन्दिर पुनःनिर्माण गर्न शुरु गरिएको हो।
मन्दिरको पुनःनिर्माणका लागि आइतबार शिलान्यास गरिएको छ। विसं २०७२ को भूकम्पले भत्किएको मन्दिरको पुरातत्व विभागले पुनःनिर्माण गर्न थालेको छ। विभागले ठेक्कामार्फत मन्दिर पुनःनिर्माण गर्न लागेको हो।
पुरातत्व विभागको ८० लाखको लागतमा विभागले ठेक्कामार्फत मन्दिरको पुनःनिर्माण गर्न लागेको वडा नं. १ का वडाध्यक्ष सुरज खड्काले जानकारी दिए।