काठमाडौं। शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष डा.सुरेन्द्र कुमार गोयल विद्यावारीधीको मानार्थबाट सम्मानित भएका छन् । शुक्रबार थाईल्याण्डमा आयोजित एक समारोहका बीच यूरोपियन अन्तराष्ट्रिय विश्वविद्यालय पेसिले अध्यक्ष गोयललाई ‘प्रोफेस्नल डक्टरल सर्टिफिकेट’ प्रदान गरेको हो।
उनको कुशल व्यवस्थापन र उनले व्यवसायीक क्षेत्रमा पुर्याएको योगदानको सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको छ।
डा.गोयल स्थापनाकाल देखिनै शिवम् सिमेन्ट लिमिटेडमा आबद्ध रहि शिवम् सिमेन्टलाई छोटो समयमा ग्राहकहरु माझ लोकप्रिय ब्राण्ड बनाउन सफल भएका छन ।
उनको कुशल व्यवस्थापन र कार्यदक्षताका कारणले गर्दा नै शिवम् सिमेन्ट नेपालको उत्कृष्ट एवम् गुणस्तरीय ब्राण्ड बन्नुका साथ साथै सर्वसाधारणमा शेयर निस्काशन गरी उच्च प्रतिफल दिने नेपालकै पहिलो लिमिटेड कम्पनी बन्न सफल भएको छ ।