काठमाडौं। अमेरिकी अनुदान एमसीसीबारेमा प्रमुख पतिपक्षी दल नेकपा एमालेले आज आधिकारीक धारणा सार्वजनिक गर्ने भएको छ। एमसीसी संसदबाट अनुमोदन गर्न भाग नलिएको एमालेले मंगलवार आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो ।
एमाले अध्यक्ष केपी ओलीले मंगलवार दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गरी एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न लागेका छन्।
एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ ।
एमसीसी गत आइतवार संसदबाट अनुमोदन भइसकेको छ ।