बागलुङ। बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्राम, काफलबोटमा सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण गर्न शुरु गरिएको छ।
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माणका लागि बुधबार राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङका अध्यक्ष धर्मबहादुर कुँवरले शिलान्यास गरेका हुन्।
१ हजार १८२ स्क्वायर फिटमा बन्ने तीनतले भवनका लागि २ करोड भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ। भवन गाउँमैत्री अक्षयकोषले निर्माण गर्न लागेको हो।
सङ्ग्रहालयमा विश्वभरका देशको प्रतिनिधित्व हुने गरी लोकबाजा सङ्ग्रह गर्ने महत्वकांक्षी लक्ष्य अक्षयकोषले लिएको छ । हालसम्म नेपाली र पश्चिमेली गरी २५ किसिमका लोकबाजा सङ्कलन गरिएको छ ।