डडेल्धुरा। परशुराम नगरपालिका–७ स्थित मध्यकालीन मानव सभ्यताको उद्गमबिन्दु मानिने मलास क्षेत्रमा बहु–आयामिक पार्क बनाइँदै छ। मल्लकालीन मन्दिर, शिलालेख, किल्ला, दरवार, पाटी पौवाचौतारा र बाटोलगायत मानवबस्तीका थुप्रै अवशेष रहेको मलास क्षेत्रमा पार्क बनाउन सुरु गरिएको हो।
मलासको कोलडाँडामा शहीदपार्कका नामले पार्क निर्माणको काम थालेकोबताइएको छ। तराई, पहाड र भित्री मधेश जोड्ने चुरे पहाड क्षेत्रमा रहेको मलासपार्क बनाउने मुख्य उद्देश्य रहेको छ। पार्कमागोलघर निर्माणका लागि वडा कार्यालयबाट एक लाख ८० हजार र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख ५० हजार बजेट छुट्टाएको हो।
निर्माणाधीन पार्कसम्म पुग्न कञ्चनपुरको महेन्द्रनगर बजारबाट १५ किलोमिटर कच्ची सडकको बाटो प्रयोग गर्न सकिन्छ।