काठमाडौं। गुल्मीमा डेढ करोडमा लागतमा बौद्ध स्तुपाको निर्माण सुरु गरिएको छ। जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडाँमा बौद्ध स्तुपाको निर्माण सुरु गरिएको हो।
समुद्री सतहदेखि २ हजार १ सय ८० मिटर उचाइमा रहेको देउराली डाँडामा लुम्बिनी प्रदेशको दोस्रो ठूलो बौद्ध स्तुपाको निर्माण सुरु गरिएको बताइएको छ। उक्त बौद्ध स्तुपाको गत फागुन १३ गते शिलान्यास गरिएको थियो। स्तुपाको निर्माण असार मसान्तसम्म सकिने बताइएको छ।
अभियानद्वारा रकम संकलन गरेर लगानी गरिरहेको बताइएको छ। अभियानबाट अहिलेसम्म ५५ लाख रकम संकलन भइसकेको बताइएको छ। श्रीलंकाका १ र लुम्बिनीका ४ जना बौद्ध गुरुले देउराली डाँडाँमा स्तुपाको शिलान्यास गरेका थिए। रकम संकलन अभियानमा भार्सेली साज हङकङ, भार्सेली समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौं र सत्यवती गाउँपालिकाका अन्य स्थानीय पनि जोडिएका छन्।