मुगु। कर्णाली प्रदेशस्थित मुगुको छायाँनाथ मन्दिर करिब २ सय वर्षपछि जीर्णोद्धार गरिएको छ। मन्दिर कलात्मक शैलीमा जीर्णोद्धार गरिएको हो।
छायाँनाथ रारा नगरपालिका २ चैनगाउँमा १८१९ सालमा स्थापना भएको हो। उक्त ऐतिहासिक छायाँनाथ मन्दिरलाई नगरपालिकाले पहिलो पटक ३२ लाख र दोस्रो पटक १८ लाख बजेट छुट्याएर कलात्मक शैलीमा जीर्णोद्धार गरिएको बताइएको छ। १९१८ मा ढुंगा र माटो प्रयोग गरी बनाइएको छायाँनाथ मन्दिरलाई भत्काएर कलात्मक शैलीमा तामा र पित्तलको छाना छाएर मन्दिरको जीर्णोद्धार गरिएको हो।
रारा भ्रमणमा आउने पर्यटकलाई दर्शन गर्नका लागि छायाँनाथ मन्दिरलाई जीर्णोद्धार गरिएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ। नगरपालिकाभित्र रहेका विभिन्न धार्मिक मन्दिर जीर्णोद्धारमा पहिलो प्राथमिकता दिइएको हो। छायाँनाथ मन्दिरलाई सम्झेर पुजापाठका लागि भेटी र घन्टा चढाउने जुनसुकै व्यक्तिलाई मनोकांक्षा पूरा हुने विश्वास रहेको छ।