काठमाडौं। ठाडोभाका गीतका सर्जक देउबहादुर दुराको स्मृतिमा संग्रहालय निर्माण गरिएको छ। दुराकै गाउँ मध्यनेपाल नगरपालिका–१० हाँडीखोला नास्के वर्धनमा संग्रहालय निर्माण गरिएको हो।
नगरपालिकाको १८ लाख र १० लाख रुपैयाँ बराबरको श्रमदानबाट संग्रहालय निर्माण गरिएको नगरपालिकाले जनाएको छ। विसं १९७४ फागुन ८ मा जन्मेका दुरा र उनका सहयात्री पञ्चैसुब्बा गुरुङ ठाडोभाका सर्जक हुन्।
परम्परागत घुमाउने खरको छानो भएको घरमा देउबहादुर दुरा, ठाडोभाका गीत र दुरा जातिसँग सम्बन्धित सामग्री संग्रह राखिएको बताइएको छ। दुराकै स्मृतीमा देउबहादुर दुरा मार्ग निर्माण गरिने मध्यनेपाल नगरपालिकाले जनाएको छ।