काठमाडौं। नेपाल–चीन अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययन तीन चरणमा हुने भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको क्रममा शनिबार हस्ताक्षर भएको काठमाडौं–केरुङ रेलवे परियोजनाको सम्भाव्यता अध्ययन तीन चरणमा हुने भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माका अनुसार यसअघि नै भएको नेपाल–चीन अन्तरदेशीय रेलवे परियोजनाको छाता समझदारीअन्तरगत विस्तृत अध्ययनको काम गर्न प्राविधिक सहायतासम्बन्धी व्यवस्था कार्यान्वयन गर्न यो समझदारी भएको हो ।
पहिलो चरणमा म्याजिङ, दोस्रो चरण्मा फिल्ड सर्भे र तेस्रो चरणमा लागत अनुमानसहित प्रतिवेदन तयारी हुनेछ ।
चीनले २४ मंसिर २०७५ मा हस्तान्तरण गरेको केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार विस्तृत सम्भाव्यता अध्ययन हुनेछ ।