काठमाडौं। वन तथा वातावरण मन्त्रालय वातावरण विभाग काठमाडौंले हुम्लाको शिव मन्दिर र इको पार्क निर्माण गर्ने भएको छ। हुम्लामा पर्यटकको संख्या अझ थप गर्नको लागि पार्क र मन्दिर निर्माण गर्ने भएको हो।
भक्तजनहरुलाई मध्यनजर गर्दै शिव मन्दिरको निर्माण गर्न लागिएको बताइएको छ। मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई आनन्द लिको लागि सुविधासम्पन्न पार्क निर्माण गर्न लागिएको हो। पार्क निर्माण भएसँगै सो स्थानको विकास हुने विश्वास गरिएको छ। मन्दिर र पार्कको निर्माण पछि पर्यटनको आगमन हुने र आर्थिक क्षेत्रमा पनी टेवा पुग्ने विश्वास गरिएको छ।
उक्त पार्क र मन्दिरको चावाङ निर्माण सेवा सिमकोट हुम्लाले निर्माणको जिम्मा पाएको छ। सो निर्माण कम्पनीले २६ लाख ९३ हजार छ सय ४९ रुपैया लागतमा निर्माण गर्ने भएको छ। तोकिएको समयअवधीमा निर्माणको काम सम्पन्न गर्ने कम्पनीले दावी गरेको छ।