काठमाण्डौं। गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सामा रिङरोड निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट करिब चार करोड विनियोजन भएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ३ करोड ६९ लाख ७६ हजार ६९७ रुपैयाँ बजेट स्वीकृत भएको प्रदेश योजना आयोगले जनाएको छ।
उक्त रकम माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बराल र नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौड्यालको पहलमा परेको रुरुक्षेत्र गाउँपालिकाकाले बताएको छ। बलेटक्सारवासीले बलेटक्सार रिङ्गरोड निर्माणको सपना धेरै पटक देखाईए पनि अब भने बलेटक्सारवासीको सपना पुरा गरिने गाउँपालिकाको भनाइ छ।
बहुबर्षिय योजनामा परेको बलेटक्सार रिङरोड अन्तर्गत बलेटक्सार–चौतरा जानेचोक र रानीवास –धोविघाट सडक खण्ड समानान्तर ढंगले निर्माण हुने भएको छ। सडक निर्माण हुने भएपछि स्थानीय पनी हर्षित देखिन्छन्।