काठमाण्डौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भारतको रक्सौलाबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताएकि छन। जनकपुरधाम स्थित रेल्वे स्टेशनमा हिजो आयोजित जयनगर–कुर्था रेल सेवा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भारतको रक्सौलबाट सिमरा र सिमराबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताएकी हुन्।
“पहिलो चरणमा जयनगरबाट बिजलपुरा सम्मको ७० किलोमिटर रेल्वे ट्याक्ट तयारी भइसकेको छ”, मन्त्री यादवले भनिन , “अब हस्तान्तरण हुन मात्र बाँकी छ, हस्तान्तरण भएपछि बिजलपुरासम्म रेल चल्ने छ।” यसका साथै विराटनगरबाट बर्दिबाससम्म पनि रेल सेवा विस्तार गर्ने तयारी भइरहेको मन्त्री यादवको भनाइ छ।
यसरी रेल सेवाको विस्तार भएपछि नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध अझै प्रगाढ बन्ने दाबी गर्दै मन्त्री यादवले नेपाल र भारतबीच सरकार ऊर्जा, आर्थिक विकास र कन्टेक्टीभिटी विस्तारलाई जोड दिएको बताइन।
“जयनगरबाट कुर्थासम्मको रेल सञ्चालन भइसकेको छ”, मन्त्री यादवले भनिन , “रेल सञ्चालन भएपछि रेलको सुरक्षा र संरक्षण गर्ने हाम्रो धर्म हो, रेल चलाउने र संरक्षण गर्ने कार्यमा सबैले सहयोग गर्नुपर्छ”, उनले भनिन।
रेल चलेपछि नेपालको बेरोजगारीको अन्त्य हुनुका साथै आर्थिक विकास र समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै मन्त्री यादवले विकास र समृद्धिका लागि यातायात पूर्वाधार विस्तारलाई सरकारले प्राथमिकता दिएको बताइन।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले रेल सेवा सञ्चालनले मधेस प्रदेशको विकास र समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरिन। “लामो समयको प्रतिक्षापश्चात रेल सेवा सञ्चालन भएको छ, यो हाम्रा लागि असाध्यै खुसीको कुरा हो”, मुख्यमन्त्री राउतले भनिन , “यसबाट प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्छ।” यसले सरकारको विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि कोसेढुङ्गा हुने उनले विश्वास व्यक्त गरेका छन।