बाँके। बाँकेको खजुरा गाउँपालिकामा ५ वर्षमा ८० किलोमिटर सडक कालोपत्र गरिएको छ। गाउँपालिकाले वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्थाका ८० किलोमिटर सडक कालोपत्र गरेको हो।
गाउँपालिकाभित्रका सडक करीब ८० किलोमिटर कालोपत्र गरिएको गाउँपालिकाले बताएको छ । त्यस्तै ग्राभेलसहित १८० किलोमिटर सडकले खजुरा गाउँपालिकाको जनजीवनमा परिवर्तन आएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको भनाइ छ ।
उनका अनुसार गाउँपालिकाले जनताको चाहना, आवश्यकताका आधारमा गाउँपालिकाभित्रका मुख्य, सहायक सडक नाला पुनर्निर्माण गर्ने र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । अहिले गाउँपालिकाको सबैजसो वडाका सडक पक्की र ग्राभेल भएका छन् ।
केही सडक स्तरोन्नति समेत भइरहेका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले बताए ।