काठमाडौं। अलपत्र बनेको पुल सञ्चालन गर्नको लागि ग्राभेल गरिदैँ छ। नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ जोड्ने गरेर तादी खोलामा बनाइएको पक्की पुल सञ्चालनमा ल्याउन ग्राभेल गरिएको हो।
उक्त पुल निर्माण गर्दा गरेको डाइभर्सनले खोलाको बहाब नै परिवर्तन गरेसँगै तीन वर्षदेखि अलपत्र बनेको थियो। अब खोलाको बहाब सोझ्याए सँगै सो पुल सञ्चालनमा ल्याउन लागिएको हो। उक्त पुल १२ करोड लगानीमा निर्माण भएको हो।
पुल निर्माण भएपछि आवतजावतमा सहज हुने आशाले खुशि भएका सर्वसाधारण पुल सञ्चालनमा नआउदाँ निरास बनेका थिए। अब पुल सञ्चालनको लागि ग्राभेल गर्न थालेपछि यात्रामा सहज हुने भन्दै उनिहरुले खुशि व्यक्त गरेका छन्। उक्त पुल सञ्चालनमा आएपछि त्रिशूली–ककनी–काठमाडौं आवतजावत गर्न सहज हुनेछ।