महोत्तरी। महोत्तरीमा १० करोड लागतमा हरित पार्क निर्माण हुने भएको छ। चुरे संरक्षण तथा जलवायु परिवर्तनलाई मध्येनजर गर्दै हरित अभियान अन्तर्गत हरितपार्क निर्माण गर्न लागिएको हो।
आइतबार एक कार्यक्रमकाबीच बर्दिबास नगरपालिकास्थित रातु नदीको किनारमा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले अत्यधुनिक हरित पार्कको शिलान्यास गरेका छन्।
रातु नदीले बनाएको बालुवाको बगरमा हरितपार्क बनाउने गुरुयोजना रोटरी क्लब अफ बर्दिबासले अगाडि बढाएको हो । रोटरी क्लब अफ बर्दिबासको पहलमा झण्डै १० करोड लगानीमा अत्यधुनिक पार्कको निर्माण प्रक्रिया औपचारिकरुपमा अगाडि बढेको छ ।
झण्डै १५ कठ्ठा जमिनमा बन्न लागेको हरित पार्कमा बोटबिरुवा रोपेर सुन्दर बनाइने बताइएको छ । पार्क निर्माणमा पारम्भिक चरणमा १ करोड ६१ लाख लागत अनुमान गरिएको छ ।
कुल लागतको बर्दिबास नगरपालिकाले ३१ लाख र वन तथा भूसंरक्षण विभागबाट ७४ लाख बजेट बिनियोजन भएको रोटरी कलब अफ बर्दिबासले जनाएको छ।