काठमाडौं। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिअन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गरेकी छन्। मन्त्री झाँक्रीले बुधबार बिहान उक्त क्षेत्रको अनुगमन गरेकी हुन्।
अनुगमन गर्दै उनले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले उक्त विषयमा मन्त्रालयमा थप छलफल गरिने बताइन्। आयोाजनाको काम तोकिएको समयमा सक्न पनि उनले निर्देशन दिइन्।
मन्त्री झाँक्रीले निर्माण क्षेत्रमा रहेका सत्तलमा आश्रित रहेका परिवारको व्यवस्थानबारे मन्त्रालयले सकारात्मक पहल गर्ने बताउँदै मन्त्रालयको एकल निर्णयले मात्र आश्रित परिवारको व्यवस्थापन गर्न नसकिने जानकारी दिइन्।
अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिले पहिलो क्षेत्रको काम सम्पन्न भइसकेको बताउँदै दोस्रो र तेस्रो साइट निर्माण कार्य करिब ७० प्रतिशत सकिएको बताएको छ।