सिन्धुपाल्चोक। मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरण गरिने भएको छ। सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन लागिएको हो।
आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन गर्ने कार्यक्रम भएता पनि निर्वाचन आचार संहिता लागू भइसकेकाले प्रधानमन्त्री कार्यक्रममा नजाने भएका छन्।
गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो । समितिका अनुसार काठमाडौंमा पानी आउन भने अझै दुई साता लाग्नेछ ।
गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।
सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो ।