काठमाडौं। सल्यान जिल्लाको काभ्रे रामबजार संखमुल जोड्ने शारदा नदिमा पुल निर्माण हुने भएको छ। उक्त पुल निर्माण भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने भएको हो।
पुलको अभावमा सल्यानको स्थानीयबासीलाई आवतजावतमा समस्या भएको थियो। स्थानीय मात्र नभएर सवारीसाधन आवगजावतमा पनि समस्या भएका कारण यस स्थानका स्थानीयले ठुलो समस्या भोग्दै आएका थिए। अब पुल निर्माण हुने भएपछि उनिहरु खुशि भएका छन्। पुल निर्माण भएसँगै आफुहरुले उत्पादन गरेको उत्पादित समानलाई बजार सम्म लगेर सहजै रुपमा बिक्रि गर्न पाउने भन्दै उनिहरुले खुसि व्यक्त गरेका छन्।
उक्त पुल निर्माणको जिम्मा दुई वटा निर्माण कम्पनीले पाएका छन्। जसमा नारायण निर्माण कम्पनी र भगवती निर्माण कम्पनी जेभि नेपालगञ्जले पाएका हुन्। दुइवटा निर्माण कम्पनीले ७ करोड १ लाख ६३ हजार ४ सय ४८ रुपैयाँमा निर्माणको जिम्मा लिएका छन्। तोकिएको समयमै गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण कम्पनीहरुको दाबी रहेको छ।