काठमाडौं। चीनले काठमाडौं–केरुङ सीमापार रल्वेको सम्भाव्यता अध्ययन गर्न ६ वर्ष लाग्ने बताएको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग बिहीबार बिहान भएको भर्चुअल प्रेस ब्रिफिङमा बोल्दै खुरुखुरु काम भएपनि रेल्वे सम्भाव्यता अध्ययन गर्न ६ वर्ष लाग्ने बताएकी हुन्।
उनले भनिन्, ‘मलाई प्राविधिकहरूले भनेका छन् कि काम खुरुखुरु भयो भने रेल्वेको सम्भाव्यता अध्ययनका लागि ६ वर्ष लाग्छ। रेल्वे निर्माण कहिले सम्पन्न हुन्छ भन्ने कुरा म जस्तो कूटनीतिक मानिसले भन्न सक्ने कुरा भएन, सम्भाव्यता अध्ययनपछि मात्रै थाहा हुन्छ।’
उनले भौगर्भिक अवस्था, प्राकृतिक प्रकोपको सम्भावना, तिब्बतमा वातावराण संरक्षण, हरियाली जगेर्नाका विषयमा विस्तृत अध्ययन हुनुपर्ने तथा रेल्वेको लगानीको ढाँचा तय हुनुपर्ने स्पष्ट पारेकी छन्। नेपाल र चीनबीच बिआरआई ढाँचाअन्तर्गत विमानस्थल निर्माणका काम भइरहेको समेत उनले जानकारी दिएकी छन्।