काठमाडौं। भारतको जयनगर–धनुषाको कुर्था खण्डमा यात्रुवहाक रेलसेवा शुरु गर्न नेपाल र भारतबीच सम्झौता भएको छ ।
नयाँ दिल्लीमा बसेको नेपाल–भारत सीमापार रेल सञ्चालनबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिको बैठकमा जयनगर–कुर्था खण्डमा यात्रुबाहक रेलसेवा शुरु गर्नका लागि दुवै पक्षले स्ट्यान्डर्ड अपरेसन प्रोसेड्युर्स (एसओपी) मा हस्ताक्षर भएको हो ।
काठमाडौंस्थित भारतीय दूतावासले निकालेको विज्ञप्तिमा एसओपीले नयाँ खण्डमा यात्रुवाहक रेलसेवा सञ्चालनका लागि प्राविधिक सहयोग प्रदान गर्नुका साथै नेपालसँग आउँदो सीमापार रेलमार्गमा प्रारम्भिक रेलसेवाको सुरुवातका लागि मार्गदर्शक दस्तावेजको रूपमा काम गर्ने उल्लेख गरिएको छ ।
बैडकमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको जयनगर–बिजलापुर–बर्दिबास र जोगवनी–विराटनगर ब्रोड गेज रेलमार्गबारे पनि छलफल भएको छ ।