काठमाडौं। सामाजिक सञ्जालले गर्दा अहिले सबै कुरा भाइरल हुन थालेको छ। यसै बिचमा सघन सहरी तथा भवन निर्माण आयोजना दाङले निर्माण गरेको सर्रा सौडियार सडक केही समयअघि सामाजिक सञ्जाल तथा टिकटकमा भाइरल भएको थियो। त्यसपछि नारायणपुर हापुर नारेवाङ सडक भाइरल बनेको थियो।
अहिले बाँसबोट हापुर हुँदै रक्षाचौर आँखा अस्पताल जाने सडक भाइरल भएको छ। अहिले उक्त सडकमा टिकटक बनाउन भीड हुने गरेको छ। त्यसैगरी वालिम खोला सिमलतारा सडक पनि हेर्न जाने नागरिक संख्या उल्लेखनीय रहेको छ। तर यी सडकहरू अहिले स्थानीय तहका जनप्रतिनिधिले आफूहरूको पहलमा उक्त सडक निर्माण गरेको बताउने गरेका छन्।
आफूहरूले गरेको काम अरुले गरेको भनेर प्रचार गर्ने काम राम्रो नभएको आयोजनाले बताएको छ। आफूहरूरुले काम गर्ने तथा प्रचार नगरेको कारण यस प्रकारको समस्या भएको आयोजनाको भनाइ छ।