कोहलपुर। बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मा निर्वाचन आचारसंहिता विपरीत ग्राभेल खसालिएको छ। नेकपा एमालेको तर्फबाट वडा नं. २ को वडा अध्यक्ष पदका उम्मेदवार कर्णसिंह बिसीले निर्वाचन आचारसंहिता विपरीत शक्तिनगरमा ग्राभेल खसालेको भन्दै स्थानीयले विरोध जनाएका छन्।
कोहलपुर नगरपालिका वडा नं. २ का निवर्तमान अध्यक्ष समेत रहेका बिसीले मतदाताहरुलाई प्रभावित पार्नका लागि ग्राभेल खसालेको भन्दै इलाकाप्रहरी कार्यालय कोहलपुरले जेसिभीको चाबी र दुई ट्यांकी पानी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै बिसीले यस्ता कार्य गरेको भन्दै स्थानीय जनताले समेत बिरोध जनाएका छन्। बागेश्वरीपोस्टबाट