कटारी। प्रदेश नं. १ को उदयपुर कटारी अन्तर्गत कटारी नगरपालिकाको कार्यलयले बेतेनि सामुदायक पार्क निर्माण गर्ने भएको छ। सो पार्क कटारी नगरपालिकाको वडा नं. ११ मा निर्माण हुने भएको हो। नगरपालिकाको सौन्दर्य झल्काउन साथै नगर विकासलाई अगाडी बढाउने लक्ष्यका साथ उक्त क्षेत्रमा पार्क निर्माण गरिने भएको हो। सो पार्क निर्माण पश्चात आन्तरीक पर्यटकको गति पनि बढ्ने विश्वास राखिएको छ। त्यस्तै सो पार्क थकानको समयमा गएर स्वच्छ हावाको महसुस गर्न, फुर्सदको समय विताउन साथै आनन्दको अनुभुति लिनको लागि पनि प्रयोग हुने भएको छ। सो पार्क युवा मात्र नभएर बुढाबुढी र बच्चाहरुलाई पनि लक्षित गरेर निर्माण गरिने छ।
पार्कमा बच्चाहरुको मनोरञ्जनका विभिन्न विषयवस्तुहरु पनि निमार्ण गरिने छ। उक्त पार्क शान्त सुन्दर र हरियालि हुनेछ। पार्क निर्माणको लागि किँरातेश्वर–जोशी–प्रिन्स जेभीले २ करोड भन्दा बढी लागतमा निर्धारित समयमा नै काम सक्ने सर्तमा पार्क निर्माण कार्यको जिम्मा लिएको कुरा नगरपालिकाले जनाएको छ। पार्क निर्माण भएपछि कटारी नगरपालिकाको मात्र नभएर उदयपुर जिल्ला कै गरिमा पनि बढ्ने भएको छ। पार्क निर्माण हुने कुराले त्यहाँको स्थानीय खुसि भएका छन्।