काठमाडौं । जयनगर–जनकपुर रेल सञ्चालनको जिम्मा भारतीय कम्पनीलाई सरकारले ७ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको छ।
एक वर्षको लागि सरकारले ३५ करोड दिने सम्झौता गरेकोमा अहिले अग्रिम भुक्तानी गरिएको रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले जानकारी दिए।
सम्झौतामा नै २० प्रतिशत रकम अग्रिम भुक्तानी गरिने बताइएकोले उक्त रकम दिइएको उनले बताए । सम्झौता अनुसार सोही कम्पनीले भारतबाट २६ जना मुख्य प्राविधिक ल्याएर रेल सेवा सञ्चालन गर्ने उल्लेख छ। यो भुक्तानी पहिले नै पठाउन सो भारतीय भुक्तानी नेपाल सरकारलाई दबाब दिँदै आएको थियो।
अग्रिम भुक्तानी नगरे सम्झौता नै रद्द गर्ने बताएको थियो।