काठमाडौं। रुकुम पश्चिममा सडक निर्माण हुने भएको छ। सुर्खेत, सल्लीबजार, चौरजहारी, नुवाकोट मुसिकोट सडक निर्माण हुने भएको हो।
उक्त सडक निर्माण भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय पूर्वाधार विकास कार्यालय रुकुमले निर्माण गर्ने भएको छ। सडकको अभावमा उक्त क्षेत्रका स्थानीयबासी समस्यामा परेका थिए। आवतजावतमा पनि सकस हुँदै आएको स्थानीयले बताएका छन्। अब सडक निर्माण हुने खबरले अवातजावतमा सहज हुने भन्दै उनिहरुले खुसि व्यक्त गरेका छन्। सडक निर्माण भएमा अवातजावत मात्र नभएर विद्यार्थीहरुलाइ विद्यालय जान, आफुहरुले उत्पादन गरेका समानहरु बजार सम्म पुर्याउन सहज हुने विश्वास गरिएको उनिहरुको भनाइ छ।
उक्त सडक निर्माणको जिम्मा एम।एस रुपाखानी निर्माण सेवाले पाएको छ। उक्त निर्माण कम्पनीले १ करोड २८ लाख ६० हजार ८ सय लागतमा निर्माणको जिम्मा पाएको हो।