काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहलाई शुभकामना दिएका छन्।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई अत्यधिक मलले पराजित गर्दै विजयी भएका साहलाई अध्यक्ष दाहालले शुभकामना दिएका हुन्।
अध्यक्ष दाहालले बालेन निर्वाचित हुनु पार्टीहरूका लागि पनि सकारात्मक नै भएको विचार व्यक्त गरे । अध्यक्ष दाहालले दिएको शुभकामन सन्देशमा भनिएको छ, ‘काठमाडौंमा बालेन जसरी आउनु भयो, मैले त्यसलाई सकारात्मक ठान्छु । बालेन जसरी अगाडि आउनु भयो त्यो चाहिँ पार्टीहरुका लागि पनि सकारात्मक नै कुरा हो भन्ने ठान्छु फेरी । सबै पार्टीहरुका लागि पनि एउटा सन्देश दिनु भएको छ उहाँले, त्यस अर्थमा उहाँलाई म बधाई भन्न चाहन्छु ।’
साहले ६१ हजार ७६७ मत प्राप्त गर्दै विजयी भएका छन्।