काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नीति तथा कार्यक्रमले आत्मनिर्भर उन्मुख अर्थतन्त्रलाई जोड दिने बताएका छन्। शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारा राख्दै प्रचण्डले यस्तो बताएका हुन्।
उन भने, ‘नीति तथा कार्यक्रमले कसरी आयात प्रतिस्थापन गर्ने र नियात प्रवर्द्धन गर्ने विषयमा जोड दिएको छ। आत्मनिर्भर अर्थतन्त्रको जर्गेना गर्नका निम्ति कृषि क्षेत्रलाई उच्च प्राथमिताका साथ उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने विषय नीति तथा कार्यक्रममा छ।’’
अध्यक्ष दाहालले कृषिमा आधारित उद्योगहरुमार्फत् वेरोजगारी समस्या समाधान गर्नुका साथै ऊर्जा, पर्यटनमार्फत् अर्थतन्त्रको स्थितिलाई सुदृढ गर्ने मनसाय नीति तथा कार्यक्रमले प्रष्ट रुपमा राखेको उल्लेख गरे।