काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलामा गुडिरहेको माइक्रोबस र जिपमाथि पहिरो खसेको छ। मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग१ख ९९०९ नंको यात्रुबाहक माइक्रोबस र प्रदेश ३–०१–०२३च ०५३५ नंको कारमाथि करिब साढे ५ बजेतिर पहिरो खसेको हो।
ईलका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरोसँगै खसेको ढुंगाले लागेर एक जना सामान्य घाइते भएको छ।
माइक्रोका चालक नवलपुर कावासोती नगरपालिका–७ बस्ने ३६ वर्षीय टीकाराम महतोको हातमा सामान्य चोट लागेको प्रहरी कार्यालयले जनाएको छ। मानवीय क्षति नभए पनि गाडीमा भने क्षति पुगेको छ।