काठमाडौं। अर्थमन्त्री जर्नादन शर्माले चतरा सगरमाथा द्रुत मार्ग निर्माण गर्ने बताएका छन्। आर्थिक वर्ष २०७९।८० को बजेट प्रस्तुत गर्दै शर्माले सुनसरीको चतराबाट दुई घण्टामा सगरमाथा पुग्न सकिने गरि सडक मार्ग बनाइने बताएका हुन्।
उनले पर्यटनको विकासका लागि सरकार यसै आर्थिक वर्षबाट द्रुत मार्गको काम शुरु गरिने बताएका छन्।
शर्माले सगरमाथासम्म पर्यटक पुर्याउनका लागि सोलुखुम्बु क्षेत्रको सडक स्तारोन्नति गर्ने बताए। उक्त कामका लागि विनियोजित रकमबारे उनले कही बताएनन्।