काठमाडौं। देशभरका सम्पूर्ण स्थानीय तहको प्रशासकीय भवन निर्माणका लागि १ अर्ब ४२ करोड बजेट विनियोजन गरिएको छ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्थानीय तहका प्रशासनीक भवन निर्माण गर्न एक अर्ब ४२ करोड बजेट विनियोजन गरेको बताएका हुन्।
सरकारले आगामी आर्थिक वर्षमा ७० स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिसक्ने लक्ष्य लिएको छ। अर्थमन्त्री शर्माले दुई वर्षभित्र मुलुकका सबै स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिसक्ने बताएका छन्।
त्यसैगरी विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहसँग समन्वय गर्ने पनि सरकारले बताएको छ।