काठमाडौं। भद्रपुर उड्न लागेको बुद्ध एयरको जहाजका यात्रु ओरोलिएको छ। उड्न लागेको जहाजमा एक्कासी समस्या देखिएपछि बुद्ध एयरको जहाजका यात्रुहरुलाई विमानस्थलमा आरोलिएको हो।
विमास्थल श्रोतका अनुसार ट्याक्सी वेमा पुगिसकेको जहाजमा समस्या पहिचान भएपछि पार्किङ वेमा फर्काएर यात्रु झारिएको हो।
काठमाडौँबाट भद्रपुर उड्ने तयारीमा रहेको उडान नम्बर ९०१ को जहाजमा समस्या भेटिएपछि तत्काल पार्किङमा फर्काएर यात्रु झारिएको विमानस्थल स्रोतले बताएको छ। समस्या नखुलेपनि जहाजमा समस्या देखिएको बुझिएको छ। यस अघि पनि पटक पटक बुद्ध एयरको जहाजमा समस्या देखिदै आएको छ।