काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले वर्षौँदेखि भनिँदै आएका ठूला आयोजना वर्तमान सरकारले प्रारम्भ गर्ने बताएका छन्।
शर्माले बूढीगण्डकी, पश्चिम सेती, चिसापानी जलविद्युत आयोजना, निजगढ विमानस्थल आगामी आर्थिक वर्षमा निर्माण कामको प्रारम्भ हुने बताए।
उनले ठूला आयोजना जनताको टाउकोमा ऋण बोकेर होइन परियोजना बेसमा लगानी भित्र्याउने बताएका छन्। अर्थमन्त्री शर्माले बजेट निर्माण गर्दा अत्यन्तै संयमता अपनाएको दावी समेत गरेका छन्। बजेट अनुशासनभित्र रहेर साधन, स्रोतको विनियोजन गरेको भन्दै उनले सबै क्षेत्रका विज्ञहरूको सल्लाह बमोजिम बजेट निर्माण गरेको बताएका छन्।