हेटौंडा। बकैया गाउँपालिकाको सिमात खोलामा निर्मित झोलुङ्गे पुल हस्तान्तरण गरिएको छ। उक्त पुल झन्डै एक करोड लागतमा निर्माण भएको हो।
सो पुलको उद्घाटन बागमती प्रेदेश सभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु)ले गरेका छन्।
पुल बकैया गाउँपालिकाको वडा–५ भित्री स्वारोबाट बकैया–४ मोक्तन स्वारो जोड्ने गरी सिमात खोलामा झोलुङ्गे पुल निर्माण भएको छ। कादुरी एग्रीकल्चर एण्ड ब्रीटिश गोर्खा नेपालले पुलको निर्माण सम्पन्न गरि शनिबार पुल हस्तान्तरण गरेको हो।