म्याग्दी। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको घनाजंगलको बीचमा रहेको मौतिचौरमा धारा निर्माण गरिएको छ। उक्त ठाउँमा १०८ धारा निर्माण गरिएको हो।
मोतिचौरमा दानाबासीलेमुक्तिनाथ मन्दिरको झल्को दिनेगरी १०८ धारासँगै मठमन्दिर, स्नानगृह र भक्तजनलाई विश्राम गर्ने पाटीपौवा समेत निर्माण गरेका छन्। गाउँपालिकाको करिब आठ लाख र स्थानीय बासिन्दाको पहलमा करिब २५ लाख रुपैयाँ जुटाएर १०८ पानीको मूल भएको स्थानमा धारासहित मन्दिरलाई व्यवस्थित बनाइएको गाउँपालिकाले जनाएको छ।
भारतको राजस्थानबाट ढुंगा र गौमुखी ल्याएर १०८ धारा बनाइएको हो। मोतीचौरमा सिद्धबहार, गुफा मन्दिर र विष्णु लक्ष्मी मन्दिर छन्। सिद्धबहार र गुफा मन्दिरमा बलि दिइन्छ भने विष्णुलक्ष्मी मन्दिरमा शाहाकारी भाकल गरिन्छ।
मौतिचौरमा हिउँदमा पनि पानी नसुक्ने १०८ मूलबाट पानी ल्याइएकाले पनि यी धाराको विशेष महत्त्व छ।