काठमाडौं। चितवनको मुग्लिन नारायणगढ सडकखण्ड अबरुद्ध भएको छ। दुइ स्थानमा पहिरो खसेपछि बुधबार राति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।
रातिदेखि परेको अविरल वर्षाका कारण इच्छाकामना गाउपालिका वडा नं. ५ को नाग्दी खोलामा राति ११ बजे र सोही सडक खण्डको कालीखोलामा विहान ४ बजे पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो।
पहिरो खसेपछि रातिदेखिनै पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइराखेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। राजमार्ग अवरुद्ध भएसँगै आवातजावतमा समस्या भएको छ।