तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ४ ड्याम नजिक सडक भासिएको छ।
गएरातिदेखि परेको अबिरल वर्षाको कारण करिब २० मिटर सडक भासिएपछि दुईतर्फी नै यातायात बन्द भएको छ।
सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरीले जानकारी दिए। तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि सवारी साधनहरुलाई जताबाट आएको हो, त्यतैतर्फ फर्काइएको बताईएको छ। उक्त रूट भएर संचालन हुने सवारी साधनहरूले बैकल्पिक बाटो प्रयोग गर्नु हुन अनुरोध गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार कारसहित केही सवारी साधन मर्स्याङ्दी नदीमा खसेको अनुमान गरिएको छ। गएरातिदेखि परेको अविरल वर्षाले सडक भासिएर नदीमा पुगेको छ। केही सवारी साधन पनि खसेको हुनसक्ने अनुमान गरिएको छ। तर मानवीय क्षति भएको छ कि छैन एकिनका साथ भन्न नसकिने प्रहरीले जनाएको छ।