तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरनी गाउँपालिका–४ ड्यामसाइडममा सडक भासिएको स्थानबाट तल दुई वटा शव र कार भेटिएको छ। सडकभन्दा करिब ६० मिटर तल कार खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याममा शुक्रबार बिहान सडक भासिएको थियो।
सडक भासिँदा कार पनि सँगसँगै खसेको प्रहरीको अनुमान छ। मृतकको सनाखत भएको छैन। कार र शवलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
सडक भासिएका कारण यातायात पूर्ण रुपमा अवरुद्ध छ। वैकल्पिक मार्ग नभएकाले दुवैतर्फ सयौं यात्रु अलपत्र छन्।