हेटौँडा। बागमती प्रदेश सरकारले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माणको लागि बजेट विनियोजन गरेको छ। सरकारले ताल निर्माणका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो
प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले दोलखाको जिरीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मानव निर्मित ताल निर्माण गरिने बताए। यसका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनको भनाइ छ।
उनले आव २०७९/०८० लाई घुमफिर वर्षको रुपमा घोषणा गर्न बजेट छुट्याइएको बताए। ताल निर्माण भएसँगै पर्यटकको चहलपहल बढ्ने विश्वास गरिएको छ।