काठमाडौं। ताप्लेजुङमा पहिरोले पुरिएर सासु–बुहारी बेपत्ता भएका छन्। वर्षासँगै बिहीवार राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर बेपत्ता भएका हुन्।
पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका प्रहरीले जनाएको छ। तुलसा सासु र यशोदा बुहारी हुन्। यशोदाका श्रीमान् विष्णु भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयले बताए।
पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ।