काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ। आइतबार प्राधिकरणले नेपाल सरकारले तोकेको विशिष्ट व्यक्ति (भीआईपी) को उडानमा दुई जना हेलिकप्टर पाइलट अनिवार्य रहनुपर्ने निर्णय गरेको हो।
आइतबार प्रवक्ता जगन्नाथ निरौलाले सार्वजनिक गरेका विज्ञप्तिमा स्वचालित प्रणालीले तोके बमोजिम हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने व्यवस्था हेलिकप्टर कम्पनीले गर्नुपर्ने उल्लेख गरिएको छ।
उड्डयन प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार दुई जना पाइलट राख्ने निर्णय भएको तीन वर्षभित्र पाइलटको पदपूर्तिको व्यवस्था अनिवार्य मिलाउनुपर्ने निर्णयसमेत भएको छ।
