सर्लाहीमा हुलाकी सडक यहि बर्ष निर्माण गर्ने कृषि तथा विकास मन्त्री महिन्द्र राय यादवले बताएका छन् । यस अघि बजेट बिनियोजन गर्दा प्रदेश सरकार अन्तर्गत परेको भएपनी यो बर्ष भने संघीय सरकारमाताहतमा राष्ट्रिय गौरवको आयोजनामा सडक निर्माण हुने मा आफू ढुक्क रहेको मन्त्री यादव को भनाइ छ। पुर्ब मा सङ्गग्रामपुर र पश्चिममा बलराम सम्मको सडक खण्डमा हुलाकी सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुँदा सर्बसाधाराणलाई समस्या भएको छ। उक्त सडकको निर्माण पछी सर्बसाधारणलाइ यात्रामा सहज हुने छ। हुलाकी सडक निर्माण हुने खबरले स्थानीय पनि खुसी भएका छ्न। सञ्चार मन्त्री यादवले मलखाद्को समस्या र उखु किसानको पिडा सम्बोधन हुने गरि काम गर्ने प्रतिबद्धता गरेका छन्।