काठमाडौं। अविरल बर्षाका कारण यहाँका सात वटा पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अबरुद्ध भएको छ। उक्त राजमार्गको भासु भिरमा पहिरो जादा सडक अबरुद्ध भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको डोजर लगाए पनि बर्षा नरोकियपछी पहिरो पन्छाउन सकियको छैन। प्रहरी कार्यालयका अनुसार सडक अबरुद्ध भएपछि उक्त ठाँउमा सवारीसाधन र यात्रु अलपत्र अवस्थामा रहेका छन्।