काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई हवाई उडान नरोक्न चेतावनी दिएको छ ।
वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने निर्णय गरेको समाचार बाहिरिए लगत्तै प्राधिकरणले यस्तो चेतावनी दिएको हो ।
मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सन नहुने बताए। उनले हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्ने बताउदै धाक धम्की नचल्ने प्रष्ट पारे।
वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरुको रात्री बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी आन्दोलित बनेका हुन् ।
प्राधिकरणले भने कुनै पनि कम्पनीलाई लक्षित नभई सबै वायुसेवा कम्पनीलाई यो नियम ल्याइएको भन्दै कार्यान्वयन हुने बताएको छ ।