काठमाडौं। अविरल बर्षासगै आएको बाढिका कारण ह्युमपाइप राखेर बनाएको बाटोमा क्षति हुँदा यातायात सेवा अबरुद्ध भएको छ। बाढीले पक्की पुल बगाएपछि हेलम्बुको चनौटे, मेलम्ची को फट्टे र इन्द्रावती, पाँचपोखरी जोड्ने मेलम्ची तल्लो बजारमा ह्युम्पाइप राखेर बनाएको बाटोमा क्षति पुगेको हो।
अविरल बर्षाले बाटो बगाएपछी स्थानीय समस्यामा परेका छन्। इन्द्रावती पाँचपोखरी जोड्ने मेलम्ची तल्लो बजारमा ह्युमपाइप राखेर बनाएको बाटो तीन दिन देखि अबरुद्ध रहेकोले दशै मनाउन आयका यात्रु समेत प्रभाबित भएका छन।